नेपालगन्जबाट झण्डै साढे १० लाखको अवैध सामाग्री बरामद

बुधबार, चैत २१, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट बाँके प्रहरीले भन्सार छलीको झण्डै साढे १० लाख रुपैयाँको अवैध सामाग्री बरामद गरेको छ।

Honor x7 pad

नेपालगन्जस्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार छली गरेर नेपालगन्ज-७ गगनगन्जमा रहेको असरफ अन्सारीको घरमा एक व्यक्तिले भाडा लिएर भण्डारण गरेर राखिएको अवस्थामा आज बिहान  १० लाख ४३ हजार रुपैयाँ बराबरको लत्ताकपडासहित ठुलो परिमाणमा भिटामिन औषधि बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

बाँके प्रहरीका अनुसार बरामद गरिएको सामाग्रीहरुमा ४४३ थान कुर्ता सुरुवाल र Gintop Capsule (Vitamin) ३ हजार पत्ता रहेका छन् ।

प्रहरीले बरामद गरेका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्