विश्वकै अर्बपतिको नयाँ सूची सार्वजनिक, बिनोद चौधरी १७६४ औं नम्बरमा

बुधबार, चैत २१, २०८०
honor mob  winter sales

एजेन्सी ,काठमाडौं । विश्वकै चर्चित म्यागजिन फोर्ब्सले संसारभरकै अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ। 

Honor x7 pad

फोर्ब्सको नयाँ सूचीमा विश्वमा अर्बपतिहरुको संख्या २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो ।

लुई भिटन तथा सेफोरा लगायतका ७५ वटा फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड अर्नाल्ड यसपालि पनि धनाढ्यहरूको सूचीको पहिलो नम्बरमै छन्।

फ्रेन्च अर्बपति बर्नार्डको २२३ बिलियन डलर रहेकको फोर्ब्सले उल्लेख गरेको छ।  

टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क सूचीको दोस्रो नम्बरमा छन्। उनको सम्पत्ती १९५ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ।तेस्रोमा जेफ बेजोस र चौथोमा मार्क जुकरबर्ग छन्।

त्यस्तै विश्वकै अर्बपतिको सूचीमा भारतका मुकेश अम्बानी ९ नम्बरमा छन्। उनको सम्पत्ति ११६ बिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ।

त्यसैगरि नेपालका  अर्बपति विनोद चौधरी  १७ सय ६४ नम्बरमा छन् । चौधरीको सम्पत्ति १.८ बिलियन डलर रहेको फोर्ब्सले  उल्लेख  गरेको छ।

यसपालि डलर अर्बपतिहरूको सम्पत्ति समग्रमा १४.२ ट्रिलियन डलर पुगेको छ। यो भनेको अघिल्लो वर्षको भन्दा २ ट्रिलियन डलर बढी हो।

गत मार्च ८ को शेयर  मूल्य तथा विनिमयदरलाई आधार मान्दै फोर्ब्सले अर्बपतिहरुको सूची सार्वजनिक गर्दै कुल सम्पत्ति प्रकाशित गरेको हो।

 

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्