इलाम-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

बुधबार, चैत २१, २०८०
Honor 600 pro

इलाम । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलामका जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरे मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन् ।

 आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । त्यसैगरी चैत २४ मा आयोगले उम्मेदवारहरुको उम्मेदवारी दर्ताको समय तोकेको छ।

उक्त क्षेत्रमा  ७९ मतदानस्थल र १४९ मतदान केन्द्र छन् भने निर्वाचनमा ८९४ जना कर्मचारी खटाइने भएको छ। चैत २४ मा उम्मेदवारी दर्ता पश्चात्  चैत २७ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्दै चुनाव चिन्ह्न प्रदान गरिने आयोगले जनाएको छ।

इलाम-२ को उपनिर्वाचनका लागि आयोगमा  २० दल दर्ता भएका छन् ।

उक्त क्षेत्रको निर्वाचनका लागि नेकपा एमाले, रास्वपा, नेकपा एस लगायतका दलहरुले उम्मेदवारको नाम घोषणा गरिसक्दा नेपाली कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्