मल बोकेको ट्रक शिवखोला पुलबाट खस्यो,चालक गम्भीर घाइते

बुधबार, साउन ३, २०८०
honor mob  winter sales

दाङ । दाङको अमिलिया पुलबाट ट्रक तल खसेको छ। 

Honor x7 pad

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही- ९ शिवखोला पुलमा लु १ ख ४६०९ ट्रक तल खस्दा चालक गम्भीर घाइते भएका छन् ।

भैरहवादेखि नेपालगन्जतर्फ मल बोकेर जाँदै गरेको ट्रक  अमिलियस्थित शिव खोलामा खसेर चालकको खुट्टा च्यापिएपनि ट्रकको केही भाग काटेर चालकको उद्धार गर्ने प्रयास गरिरहेको  जनाएको छ। ट्रकमा सवार अर्का युवक सकुशल रहेछन् । 

गम्भीर घाइते भएका रुपन्देहीका ३७ बर्षीय ट्रक चालक वसन्त लोहनियाको उद्दार गरिसकेपछि  उपचारका लागि कोहलपुर पठाउने प्रहरीले जनाएको छ।

दुर्घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्