कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बुधबार, चैत २१, २०८०
honor mob  winter sales

सुर्खेत । आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिदैंछन् । नयाँ सत्ता गठबन्धनको भागबन्डा अनुसार कर्णालीको मुख्यमन्त्री नेकपा एमालेले पाउने सहमति भएको थियो।

Honor x7 pad

तर मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिएर विश्वासको मत आज दिउँसो  लिन लागेका हुन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले निर्णय गरेपछि मुख्यमन्त्री बनेका शर्माले आज विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने बताइएको छ।

विश्वासको मत लिएपछि माओवादीले जसको भागमा मुख्यमन्त्री परेको उसैलाई दिने बताएपनि विश्वासको मत लिएपछि राजीनामा दिनेमा पनि आशंका सुरु गरिएको छ। 

कर्णालीमा नेपाली कांग्रेस लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

कर्णालीमा नेपाली कांग्रेसका १४, माओवादीका १३,एमालेका १०,एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका १-१ सांसद छन् । ४० सदस्यीय कर्णालीमा बहुमतका लागि २१ सांसदको समर्थन आबश्यक छ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्