कर्णालीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वास मत लिने

मंगलबार, चैत २०, २०८०
honor mob  winter sales

सुर्खेत । कर्णाली सरकारमा नेकपा एमालेले मुख्यमन्त्री पाउने निर्णय भएपनि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिएर विश्वासको मत लिने भएका छन् ।

Honor x7 pad

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले निर्णय गरेपछि मुख्यमन्त्री बनेका शर्माले भोलि विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने बताइएको छ।

भोलि विश्वासको मत लिएपछि माओवादीले जसको भागमा मुख्यमन्त्री परेको उसैलाई दिने बताएपनि विश्वासको मत लिएपछि राजीनामा दिनेमा पनि आशंका सुरु गरिएको छ। 

कर्णालीमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्