Dashain Banner
Dashain Banner

भारतमा जारी टी-२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित,बरोडालाई २७ रनले हरायो

मंगलबार, चैत २०, २०८०

काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसीप कपमा नेपालले आज भएको टी-२० क्रिकेटमा बरोडालाई २७ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले सबै विकेट गुमाउँदै १२९ रन बनायो।

यो नेपालको लगातार दोस्रो जित हो।  जितको लक्ष्य पछ्याएको बरोडाका लागि भानु पानियाले सर्वाधिक ३६ रन बनाएका थिए।त्यस्तै बाबा खानले २७ रन बनाए।

नेपालका करण केसीले सर्वाधिक ३ विकेट, सोमपाल कामी र अभिनाश बोहराले २-२ तथा दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले १-१ विकेट लिए।

नेपालको तर्फबाट पहिलो ब्याटिङमा कुशल मल्लले सर्वाधिक ४० रन बनाएका थिए।

नेपालले भोलि गुजरात र शुक्रबार बरोडासँग खेल्नेछ ।यसअघिको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। त्यस्तै गुजरातले यसअघिको खेलमा बरोडालाई ५ विकेटले पराजित गरेको थियो। 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्