काठमाडौंमा एक पुरुषको शव फेला, अझै पहिचान खुलेन

मंगलबार, चैत २०, २०८०
Honor 600 pro

काठमाडौं । काठमाडौंको भत्केको पुलमा एक पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले  काठमाडौं-३१ भत्केको पुलमुनि अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार पुलमुनि ती पुरुषको शव फेला परेको हो। उनको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। मृतकको शरीरका विभिन्न भागहरुमा चोट  लागेको देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्