गृहमन्त्री ज्यु तपाइँमाथि लागेको आरोपको टुंगो लगाउनुहोस्: सांसद यादव

मंगलबार, चैत २०, २०८०
honor mob  winter sales

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको अनुसन्धानमा सहयोग गर्न नेपाली कांग्रेसले माग गरेको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद रामकृष्ण  यादवले गृहमन्त्रीलाई उक्त प्रकरणमा सहयोग गर्न आग्रह गरेका छन् ।

Honor x7 pad

गृहमन्त्री लामिछानेलाई आग्रह गर्दै सांसद यादवले सहकारी ठगी प्रकरणको  आरोपको निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर नल्याउदासम्म उक्त आरोप गृहमन्त्रीमाथि रहिरहने बताएका हुन् । साथै गृहमन्त्रीको छानबिनका लागि समिति बनाए उनकै हितमा राम्रो हुने समेत यादवले भने।

सांसद यादवले भने – ‘मेरो आग्रह माननीय गृह मन्त्रीलाई पनि छ, गृहमन्त्रीले केही नयाँ गर्छु भनेर आउनु भएको छ । सकेसम्म चाँडो छानबिन समिति बनाएर आरोपलाई टुङ्गोमा पुर्‍याउन सहयोग गर्नुहोस् । यो आरोपमा निष्पक्ष छानबिन गरेर सत्य तथ्य बाहिर नल्याएको सम्बन्धमा यो आरोपले तपाईँलाई कहिल्यै छोड्नेछैन । जिन्दगीभर लखेट्ने छ । त्यस कारण समिति बनाएर यो विषयमा अनुसन्धान हुने कुरा यो तपाईकै हितमा हुन्छ । म गृहमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, तपाई पत्रकार रहँदा गोर्खा मिडिया प्रा।लि।मा २०७७ चैत्रदेखि २०७९ असारसम्म तपाई संलग्न भएको हो कि होइन रु सञ्चालक र प्रबन्ध निर्देशक भएको हो कि होइन ? गोर्खा मिडियामा करोडौँ लगानी भएको हो कि होइन ? ८० करोडभन्दा बढी रकम सहकारीबाट लिएको हो कि होइन ? तथ्यले बताउँछ सहकारीको पैसा तपाईँको संस्थामा आएको छ । त्यो पैसा कसको हो त ? तपाईँको व्यक्तिगत पैसा होइन । कसैले दान दिएको पनि होइन ।'

उनले गृहमन्त्रीकै पार्टी रास्वपाका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताए । रास्वपाका यी दुई नेताहरूमाथि पनि निष्पक्ष छानबिन गर्न उनले माग गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो काम श्रम मन्त्रीको हो भन्ने छ । यो सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ । निष्पक्ष छानबिन आवश्यक छ । संसदीय समिति बनाऔँ ' सांसद यादवले भने। साथै उक्त प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउने कांग्रेसको अनिवार्य शर्त रहेको समेत उल्लेख गरेका थिए।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्