कर्णालीमा एमाले मुख्यमन्त्री पाउने सहमति, सहमति विपरीत मुख्यमन्त्री शर्माले विश्वासको मत लिंदै

मंगलबार, चैत २०, २०८०
honor mob  winter sales

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले लिने सहमतिलाई लत्याउदै बर्तमान सरकारका मुख्यमन्त्री  राजकुमार शर्माले विश्वासको मत लिँदै छन् । 

Honor x7 pad

मुख्यमन्त्री शर्माले मङ्गलबार विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा सोमबार पत्र दर्ता गराइसकेका छन् । 

सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाले)ले मुख्यमन्त्रीको पद पाउने छ । 

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । 

सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इन्चार्ज मल्लले बताए । 

उनले भने, “केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नुपर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।” 

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्यौलता सृजना भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्