उमाशंकरलाई पैसा तिरेपछि रिहा भए पूर्वमन्त्री विजय यादव

मंगलबार, साउन २, २०८०
honor mob  winter sales

रुपन्देही । बैंकिङ कसुरमा पक्राउ पूर्वमन्त्री विजयबहादुर यादव सम्बन्धित व्यक्तिलाई रकम बुझाएपछि रिहा  भएका छन् ।

Honor x7 pad

नेकपा एमालेका नेतासमेत रहेका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवले रुपन्देहीस्थित सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई सोमबार नै रकम बुझाएपनि आबश्यक प्रक्रिया पूरा हुन नसक्दा आज मात्रै रिहा भएको रुपन्देही प्रहरीले जनाएको छ। 

पूर्वमन्त्री यादवले उमाशंकरलाई  १२ लाख २८ हजार रुपैयाँ बुझाएपछि रिहा भएका हुन् ।

२०७४ मा  जनता समाजवादी पार्टीबाट बाँके २ (१)बाट निर्वाचित भएका यादवलाई बाँकेबाट पक्राउ गरि रुपन्देही लगिएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  २३:२६
प्रतिक्रिया दिनुहोस्