त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको पहिचान , अझै एक बेपत्ता

शनिबार, चैत १७, २०८०
honor mob  winter sales

चितवन । आज बिहान त्रिशुली नदीमा खसेको ट्याक्सीमा सवार ५ जनाको मृतकको पहिचान खुलेको छ। चितवनको  मुग्लिङ-नारायणगढ सडक खण्डबाट  त्रिशुलीमा खसेको ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको र एक जना अझै बेपत्ता रहेको चितवन प्रहरीले जानकारी दिएको छ। 

Honor x7 pad

प्रहरीका अनुसार त्रिशुलीमा खसेको बा २ ज ४१९६ नम्बरको ट्याक्सीमा सवार १ बालिका, २ महिला त २ पुरुषको शवलाई सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो। 

प्रहरीका अनुसार ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय,९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । १८ वर्षीय दिवस रोकाय अझै बेपत्ता छन् । 

काठमाडौंबाट गोरखा जाँदै गर्दा उक्त ट्याक्सी इच्छाकामना गाउँपालिका-२ शिमलधारबाट  त्रिशुलीमा खसेको हो। 

 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्