काठमाडौंमा एक महिला डाक्टर मृत भेटिइन्

शुक्रबार, चैत १६, २०८०
Honor 600 pro

काठमाडौं ।  काठमाडौंको छाउनीमा एक महिला डाक्टर मृत अवस्थामा फेला परेकी छिन्। छाउनीस्थित आफ्नै घरमा डाक्टर प्रतिभा धौभडेल मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला अस्पताल धादिङमा कार्यरत ३४ वर्षीया  डाक्टर प्रतिभा आफ्नै घरको बाथरुममा सलको पासो लगाएको अवस्थामा बिहीबार मृत फेला परेकी हुन् । 

उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्