नागरिक उन्मुक्तिले गर्यो सुदूरपश्चिममा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय

बुधबार, चैत १४, २०८०
Honor 600 pro

कैलाली  । सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई नागरिक उन्मुक्ति पार्टी ( नाउपा) ले समर्थन गर्ने निर्णय गरेको छ।

आज टीकापुरमा नाउपा अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धन सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।

अब नयाँ गठबन्धन दलसँग वार्ता गरेर सोही अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाका एक सांसदले बताए। बैठकमा नाउपाका संस्थापक रेशम चौधरी सहभागी भएका थिएनन।

 

 

 

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्