राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री हाजिर

बुधबार, चैत १४, २०८०
Honor 600 pro

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अहिले सिंहदरबारमा जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हाजिर भएका छन् ।

समितिका सभापति रामहरि खतिवडा रहेको यो समितिभित्र गृह मन्त्रालय पनि पर्ने हुँदा गृहमन्त्रीलाई बैठकका उपस्थित हुन निर्देशन दिइएको हो।

मन्त्रालयको काम कारबाही लगायत अन्य विषयमा छलफल गर्न गृहमन्त्रीसँगै गृह सचिव, प्रहरी प्रमुख र सिआईबी प्रमुख पनि बैठकमा पुगेका हुन् ।

 

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्