दोस्रो टी-२० मा आयरल्यान्ड 'ए' माथी नेपाल ७१ रनले विजयी

मंगलबार, चैत १३, २०८०
honor mob  winter sales

काठमाडौं ।  आज भएको नेपाल र आयरल्यान्ड 'ए' बीचको दोस्रो खेलमा नेपाल ७१ रनले विजयी भएको छ। पहिलो टी-२० क्रिकेट अभ्यास खेलमा ६ विकेटले विजयी  भएको नेपालले आज ७१ रनले पराजित गरेको हो

Honor x7 pad

किर्तिपुर मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको नेपालले आयरल्यान्ड 'ए' लाई दिएको १९९ रनको लक्ष्यलाई सबै विकेट गुमाएर आयरल्यान्ड 'ए' ले १२७ रन बनायो। १८.३ ओभर खेल्दै १२७ रन बनाएको आयरल्यान्ड 'ए' का लागि   स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए।

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले सर्वाधिक ३-३ विकेट लिए। पहिलो ब्याटिङ गरेको नेपालका लागि गुल्सन झाले ४६ रन बनाएका थिए।

अब  नेपाल 'ए' ले आयरल्यान्डसँग तीन वटा टी-२० क्रिकेट खेल्ने छ। आगामी  टी-२० विश्वकपको तयारीका लागि नेपालले अभ्यास स्वरुप आयरल्यान्डसँग खेलेको हो।

 

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्