आन्तरिक राजस्व विभागका महानिर्देशक बराल र उपमहानिर्देशक भट्टराईको सरुवा

मंगलबार, चैत १३, २०८०
Honor 600 pro

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशको सरुवा गरिएको छ। सरकारले अर्थ मन्त्रालय मातहत रहेको आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराललाई वातावरण विभागको महानिर्देशकमा  सरुवा गरेको छ।

त्यस्तै आन्तरिक राजस्व विभागका उपमहानिर्देशक अर्जुन प्रसाद भट्टराईको संघीय मामिला तथा सामान्य  प्रशासन मन्त्रालय सरुवा भएको छ। बरालको गत माघ १९ गते विभागमा सरुवा भएको थियो।

त्यसैगरी सहसचिवहरु ढुण्डीप्रसाद निरौला , नारायणप्रसाद सापकोटा र शिवलाल तिवारीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। सरुवा भएका तीन सहसचिवलाई अझै जिम्मेवारी दिइएको छैन ।

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्