प्रहरीले रोक्दै गर्दा जबर्जस्ती कर्णालीमा हाम फालेका १७ मध्ये एक जना बेपत्ता

मंगलबार, चैत १३, २०८०
Honor 600 pro

चिसापानी (कैलाली )। चिसापानीको कर्णाली पुलबाट नदीमा हाम फालेका १७ जनामध्ये एक जना युवक अझै फेला पर्न सकेका छन् ।

सोमबार दिउँसो कर्णाली पुलबाट नदीमा हाम फालेका लम्कीचुहा-३ का ३० वर्षीय लोकेन्द्र शाही अझै फेला नपरेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ। उनको खोज जारी रहेको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो चिसापानी सडकमा हिडिरहेको एक हुल युवाको समूहलाई चिसापानी प्रहरीले पुल अगाडि नै रोकेको भएपनि उनीहरुले सामूहिक तस्बिर खिचेर फर्कने भन्दै जबर्जस्ती पुलमा गएर नदीमा हाम फालेको प्रहरीले जानकारी दिएको छ।

१७ जना युवाहरु नदीमा हाम फालेपछी एक युवक बेपत्ता भएको खबर आए लगत्तै खोजी गरेपनि फेला नपरेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्