आज काठमाडौंका चोकचोकमा ट्राफिक प्रहरीको कडा चेकिङ, सिसीटिभीबाट पनि निगरानी

आइतबार, चैत ११, २०८०
Honor 600 pro

काठमाडौं । आज काठमाडौं उपत्यकामा होली पर्वलाई लक्षित गरि चेकिङ कडा पारिएको छ।

होलीमा उच्छृङ्खल गतिविधि गरेर नियम उल्लंघन गर्दै चल्ने सवारीसाधनलाई निस्तेज पार्न उपत्यकाभरमा ९० स्थानमा कडा चेकिङलाई तिब्रता दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चेकजाँचमा १ हजार ट्राफिक प्रहरी खटिएका छन् ।दुर्घटना रोक्न ट्राफिक प्रहरीले उपत्यकाका मुख्य सडक र अन्य भित्री सडकहरुमा चेजजाँच प्वाइन्ट राखेर आज बिहानैदेखि चेकिङ भइरहेको छ। ट्राफिक प्रहरीले मापसे देखि लापसे लगायत चेकिङ गरिरहेको छ।

ट्राफिक प्रहरीले होलीमा सडकमा तिब्र गतिमा चलाइएका सवारीसाधन, मोडिफाइ गरि चलाइएका,  हर्न बजाउदै गुडने, उच्छृङ्खल गतिविधिले चलाइएका सवारीसाधनलाई निगरानी गरिरहेको जनाएको छ। 

ट्राफिक प्रहरीले उपत्यकाभर सडकमा ३० वटा मोबाइल भ्यान परिचालन गर्दै  मोबाइल गस्ती गरिरहेको छ। त्यस्तै सिसीटिभीबाट पनि निगरानी गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्