उपत्यकाको होलीमा ट्राफिक प्रहरीको विशेष चेकिङ, १ हजार ट्राफिक प्रहरी परिचालन

शनिबार, चैत १०, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि हुने होली पर्वलाई सभ्य तथा सुरक्षित  बनाउन उपत्यका ट्राफिक प्रहरीले विशेष रुपले कडाइ गर्ने भएको छ।

Honor x7 pad

ट्राफिक प्रहरीले उपत्यकाका काठमाडौं , ललितपुर  र भक्तपुरमा भोलि हुने होलीलाई सुरक्षित र मर्यादित बनाउनका लागि सडकमा निकै कडाई गर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनएको छ।

होलीमा विशेष गरि हुने दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सडकमा उच्छृंखल गतिविधिले चलाइएका सवारीसाधनलाई नियन्त्रणमा लिने उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ।

दुर्घटना रोक्न होलीमा उपत्यकाभरका ९० स्थान र सबै नाकाहरुमा विशेष संयुक्त चेकजाँच गरिने गर्ने ट्राफिक प्रहरीले ब्यबस्था गरिसकेको बताएको छ। जसमा चेकजाँच बिहानै ७ बजेदेखि नै सुरु हुनेछ। ट्राफिक प्रहरीले उपत्यकाभर सडकमा ३० वटा मोबाइल भ्यान र मोबाइल गस्तीसमेत परिचालन गर्ने जनाएको छ।

होलीमा चेकजाँच का क्रममा प्रहरी पनि खटिने भएको छ। भोलि उपत्यकाभर प्रहरीले पनि मोबाइल गस्ती लगायत चेकिङ समेत गर्ने व्यबस्था मिलाइएको छ। उपत्यकाभर चेकिङ र गस्तीमा १ हजार बढी ट्राफिक प्रहरी परिचालन हुने भएका छन् ।

ट्राफिक प्रहरीले होलीमा सडकमा तिब्र गतिमा चलाइएका सवारीसाधन, मोडिफाइ गरि चलाइएका,  हर्न बजाउदै गुडने, उच्छृङ्खल गतिविधिले चलाइएका सवारीसाधनलाई नियन्त्रणमा लिने ट्राफिक प्रहरीले जानकारी दिएको छ। त्यस्तै मापसे र लापसे सेवन गरि चलाइएका सवारी र चालकलाई कारबाही गर्ने समेत जनाइएको छ।

साथै उपत्यका ट्राफिक प्रहरी कार्यालय होली सभ्य रुपले मनाउन सम्बन्धित सबैमा आग्रह समेत गरेको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्