गृहमन्त्री लामिछाने पदमा बसिरहनुमा कुनै रहस्य लुकेको छ: शेखर कोइराला

शनिबार, चैत १०, २०८०
Honor 600 pro

काठमाडौं ।  नैतिकता भए गृहमन्त्री रवि लामिछाने एक मिनेट पनि पदमा बस्न नहुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी प्रकरणमा मुछिएका लामिछानेले अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने बताउँदै नेता कोइरालाले तत्काललाई राजिनामा दिएर निर्दोष सबित भए पुन: गृहमन्त्री नै भए भैहाल्छ भन्ने कुरा बताएका हुन् ।

यसरी चौतर्फी लामिछानेको विरोध हुँदै गर्दा गृहमन्त्री मै बस्नुमा केही न केही कुराको रहस्य लुकेको हुन सक्ने नेता कोइरालाले बताए। नयाँ सत्तागठबन्धनले सत्ता बचाउन अनुसन्धानको घेरामा रहेको व्यक्तिलाई गृहमन्त्री बनाएकोमा कोइरालाले आक्रोश व्यक्त गरे।

देशमा केही परिवर्तन हुनका लागि नागरिकको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अबका दिनमा खबरदारी आबश्यक हुने बताएका थिए।

 

 

 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्