Dashain Banner
Dashain Banner

मान बहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टिमको नयाँ कप्तान

मंगलबार, साउन २, २०८०

काठमाडौं । नेपाल भलिबल संघले मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा नियुक्त गरेको छ।

संघले कप्तान  हरिहजुर थापालाई बर्खास्त गरेपछि आर्मी क्लबकै स्पाइकर मान बहादुरलाई नयाँ कप्तानमा  नियुक्त गरेको जनाएको छ।

नवनियुक्त कप्तान मान बहादुर सन् २०१५ देखि नेपाली राष्ट्रिय टिमका लागि खेल्दै आएका छन् ।

संघले नियुक्त गरेका नयाँ कप्तान मान बहादुर अनुशासित मात्रै नभई टिम लिडिङ गर्ने प्रतिभावान खेलाडीमा पर्छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्