Dashain Banner
Dashain Banner

आजदेखि आईपीएल सुरु हुँदै

शुक्रबार, चैत ९, २०८०

काठमाडौं। आजदेखि इन्डियन प्रिमियर लिगको १७ औं संस्करण ( आईपीएल) सुरु हुँदैछ। उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैङलुरुबीच हुँदैछ।

आजदेखि सुरु हुने आईपीएलमा १० वटा क्लबको सहभागिता रहेको छ।

प्रतियोगितामा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैङलुरु, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकत्ता नाइट राइडर्स, लखनउ सुपर  जाइन्टस, मुम्बई इन्डियन्स, पन्जाब किङ्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद सहभागी छन् ।

आईपीएल खेलको तालिका भारतको लोकसभा चुनावका कारण २१ खेलको मात्र तालिका सार्वजनिक गरिएको छ। चुनावका कारण खेल भारतमा हुन नसके बाँकि खेलहरु यूएईमा गराइने विषयमा छलफल चलिरहेको बताइएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्