आज तीन संसदीय समितिको बैठक बस्दै

शुक्रबार, चैत ९, २०८०
Honor 600 pro

काठमाडौं ।  तीन वटा संसदीय समितिको बैठक आज बस्दैछ। पूर्वाधार विकास समितिको बैठक आज दिउँसो १२ बजे बस्ने भएको छ। उक बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमणको प्रतिवेदनमाथि छलफल हुँदैछ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक १ बजे दिउँसो बस्दैछ। बैठकमा विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुँदैछ।

दिउँसो १ बजे नै बस्ने अर्को संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको भावी कार्य योजनाका बारेमा केन्द्रीत हुनेछ ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्