नेपाल बहराइनसँग ५-० गोलले पराजित

शुक्रबार, चैत ९, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा बहराइनसँग फराकिलो हार बेहोरेको छ । नेपाल बहराइनसँग ५-० को फराकिलो अन्तरले पराजित भएको हो । 

Honor x7 pad

आज बिहान बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले लज्जास्पद हार बेहोरेको हो । घरेलु टिमलाई जिताउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे ।

नेपालले शुरुआतदेखि नै कमजोर प्रदर्शन गरेको थियो । त्यसो त नेपालले शुरुआतदेखि नै बहराइनको आक्रमणको सामना गर्नुपरेको थियो। १६औँ मिनेटमै चोटका कारण फरवार्ड अञ्जन विष्ट बाहिरिनु परेको थियो । उनको स्थानमा दिनेश हेन्जनले खेलेका थिए । अबको दोस्रो खेल मंगलबार नेपालले बहराइनसँग खेल्नेछ ।

घरेलु दशरथ रंगशालामा हुनुपर्ने खेल मैदानको अवस्था ठीक नभएपछि बहराइनमै गर्नुपरेको हो। अखिल नेपाल फुटबल संघ एन्फाले फुटबलका मात्र गतिविधि गर्नुपर्नेमा अन्य गतिविधि गर्न उल्टै राखेपलाई पत्र लेख्ने जस्ता अक्षम्य कदम चालेपछि रंगशालाको स्थिति बिग्रिएको हो । 

योसँगै एन्फामाथि युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ । त्यस्तै रंगशालामा अब खेलकुद बाहेकका कुनै पनि गतिविधि गर्न नदिने निर्णयसमेत गरेको छ । त्यस्तै रंगशालाको जिम्मा राष्ट्रिय खेलकुद परिषद् राखेपले नै लिने भएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्