नेपालगन्ज भन्सारको व्यारियरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

बिहीबार, चैत ८, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जस्थित जमुनाह भन्सारको व्यारियरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

Honor x7 pad

गएराति सीमा नाका जमुनाह तर्फबाट मुख्य भन्सार कार्यालयतर्फ आउँदै गरेको भे ३ प ९६०३  नम्बरको मोटरसाइकल भन्सार गेटको पश्चिममा रहेको  व्यारियरमा ठोक्किँदा नेपालगन्ज-१८ का सुरज बर्माको मृत्यु भएको हो।

सिसीटिभीमा देखिएको भिडियोमा  उक्त मोटरसाइकलले अगाडि बन्द गरिएको व्यारियरको वेवास्ता गर्दै अगाडि आउँदा मोटरसाइकल ठोक्किँएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका बर्माको उपचारका क्रममा मृत्यु भएको हो।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्