धनुषामा एक युवकको हत्या, आफ्नै दुई साथी पक्राउ

बिहीबार, चैत ८, २०८०
honor mob  winter sales

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिकामा एक युवकको हत्या भएको छ। गाउँपालिकाको वडा नम्बर २ स्थित आँप बगिँयामा १८ वर्षीय कैफ नदाफको हत्या भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

कैफकै साथीले उनको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। गए राति साढे १० बजेतिर बियर पिउन गएका बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा अरु दुई जना साथीले कैफको घाँटी रेटेर हत्या गरेको धनुषा प्रहरीले जानकारी दिएको छ।

घाँटी रेटिएपछि गम्भीर घाइते भएका कैफलाई उपचारका लागि भारत लगिएपनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

कैफको मृत्यु पश्चात् शवलाई फिर्ता ल्याइएपछि प्रहरीलाई खबर गरिएको हो। खबर पाए लगत्तै गएको प्रहरी टोलीले  हत्यामा संलग्न भएका २२ वर्षीय जाकिस नदाफ र ३० वर्षीय  सहमत नदाफलाई पक्राउ गरेको हो। 

घटनाबारे थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्