सरकारी वकिल कार्यालय पुगेर सांसद चौधरीले दिए बयान

बिहीबार, चैत ८, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद बिनोद चौधरी जिल्ला सरकारी वकिल कार्यालय पुगेर बयान दिएका छन् । 

Honor x7 pad

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा आज बिहान सरकारी वकिल कार्यालय पुगेर सांसद चौधरीसँग सरकारी वकिल पक्ष र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिएको हो। बयान दिदै सांसद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा नियम अनुसार लिलामीमार्फत लिएको बताएका हुन् ।

सिआईबीले हिजो दिउँसो सभामुखलाई पत्राचार गर्दै सांसद चौधरीमाथि जग्गा प्रकरणबारे अनुसन्धान भइरहेको जानकारी गराएको थियो। यता पक्राउ नै नगरी सभामुखलाई सिआईबीले जानकारी दिनुमा रास्वपाले राजनीति गर्न खोजिएको स्पष्ट देखिएको कांग्रेसले आरोप लगाएको छ।

सिआईबीले चौधरीका कान्छा भाइ अरुण चौधरीलाई गत माघ १८ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। सिआईबीले सांसद चौधरीकै अर्का भाइ बसन्त चौधरीलाई पनि सिआईबी बोलाएर सोधपुछ गरेपछि आज बिहान सिआईबीले चौधरीलाई सरकारी वकिल कार्यालय बोलाएको हो।

 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्