विश्वकप छनौटका लागि नेपालले आज बहराइनसँग खेल्दै

बिहीबार, चैत ८, २०८०
honor mob  winter sales

काठमाडौं । नेपालले आज बहराइनसँग विश्वकप छनौट खेल खेल्दै छ। सन्  २०२६ फिफा विश्वकप अन्तर्गतको छनौटका लागि आज नेपालले बहराइनविरुद्द खेल्न लागेको हो।

Honor x7 pad

आज राति पौने १ बजे बहराइनमा विश्वकप छनौट चरणको एसियाको दोस्रो चरणको खेल नेपाल र बहराइनबीच हुन लागेको हो। आज हुने खेल नेपालमा हुने भनिए पनि दशरथ रंगशालाको अवस्था नाजुक भएकाले एसियायी फुटबल महासंघले यो खेल नेपालमा गर्न नसकिने बताउँदै उतै बहराइनमै आयोजना गरेको हो।

होम एण्ड अवेका आधारमा हुने यस खेल अब मंगलबार हुने दोस्रो खेलपनि बहराइनमा हुनेछ।

समूह 'एच' मा रहेको नेपालले पहिलो चरणमा लाओसलाई  पराजित गर्दै दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणका यसअघिका दुई खेलमा नेपाल पराजित भइसकेको छ। यूएईसँग ४-० र यमनसँग २-० गोलले पराजित भएको नेपालले आज बहराइनविरुद्द खेल्न लागेको हो।

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्