ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउने तयारी

बुधबार, चैत ७, २०८०
Honor 600 pro

काठमाडौं । अबदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुल्ने तयारी भएको छ।

ती दुई पर्यटकीय स्थानहरुलाई २४ सै घण्टा खुलाउन गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। आज गृहमन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिदै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

दुबै स्थानलाई नयाँ वर्षको बैशाख १ गतेदेखि २४ सै घण्टा खुला गर्न आबश्यक तयारी थालिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

दुबै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाइसकेपछिनयाँ वर्षदेखि खुला गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्