धेरैजसो स्थानमा लगातारको वर्षा, उडान प्रभावित

मंगलबार, साउन २, २०८०
honor mob  winter sales

काठमाडौं । आज देशका धेरैजसो प्रदेशहरुमा भारी वर्षाको सम्भावना रहेको छ। यतिबेला काठमाडौंमा लगातार वर्षा भइरहेको छ।

Honor x7 pad

जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा  तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।  

मनसुनमा बदली र वर्षाले कतिपय गन्तव्यको उडान प्रभावित हुँदै आएका छन् ।  पछिल्लो समय नेपालमा विकसित भएको मनसुनी प्रणालीको प्रभावले ‘इनरुट वेदर’ छिन छिनमै परिवर्तन भइरहने हुनाले सामान्य उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।

महाशाखाले वर्षाका कारण आउन सक्ने बाढी र पहिरोबाट सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०७:१२
प्रतिक्रिया दिनुहोस्