२१ वर्षअघि साथीको हत्या गरेर फरार भएका एक व्यक्ति पक्राउ

मंगलबार, चैत ६, २०८०
honor mob  winter sales

काठमाडौं । २१ वर्षअघि साथीको हत्या गरेर फरार भएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

२०५९ असोज १४ गते काठमाडौं-११ इनाटोल बस्ने आफ्नै २६ वर्षीय साथी सन्जय शाहीको हत्या गरेर फरार भएका ४१ वर्षीय तेजबहादुर राईलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

सोलुखुम्बु नेचा सल्यान- ४ का स्थायी बासिन्दा भइ त्यतिबेला काठमाडौं बस्दै आएका राईले इनाटोलस्थित बधशालामा शाहीको हत्या गरेर फरार भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

हत्या हुनुपूर्व दुबै जना साथीले मापसे गरेपछि विवाद हुँदा राईले साथी सन्जयको हत्या गरेको आरोपीले प्रहरी समक्ष बतान दिएको प्रहरीले बताएको छ।

राईले सन्जयको हत्या गरेर विश्नुमति खोलामा फालेर फरार भएका थिए। उनलाई कोटेश्वरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो।

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्