कांग्रेसले भन्यो - गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन होस्

मंगलबार, चैत ६, २०८०
Honor 600 pro

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज संसद बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नु नपर्ने प्रहरीले ब्रिफिङ रहेको भनेर जवाफ दिएपछि नेपाली कांग्रेस झनै खरो रुपमा उत्रिएको हो।

आज प्रधानमन्त्रीको जवाफ सुनेपछि कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति गठनको माग गरेका हुन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्