रवि लामिछानेमाथि अनुसन्धान गर्न नपर्ने प्रहरीको ब्रिफिङ छ: प्रधानमन्त्री

मंगलबार, चैत ६, २०८०
honor mob  winter sales

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले  सहकारी ठगी प्रकरणमा गृहमन्त्रीविरुद्द केही नदेखिएको बताएका छन् ।

Honor x7 pad

आजको संसद बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेको बचाउ गर्दै प्रधानमन्त्रीले अदालतमा विचाराधीन मुद्दामा पनि सहभागी नभेटिएको र सहकारी प्रकरणमा पनि दोषी नदेखिएको दाबी गरे।

प्रधानमन्त्रीले पोखरास्थित सुर्यदर्शन सहकारी बारे बोल्दै भने, ' १९ जना ४ जना पक्राउ परिसकेको र अन्यको खोजी भइरहेको हुँदा उक्त सहकारी ठगी प्रकरणमा लामिछानेको कुनै दोष छैन।'

मैले आफैं छानबिन गरिरहेको र यस प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्द कोहीले पनि जाहेरीमा प्रमाण पेस नगरेको प्रधानमन्त्रीले  दाबी गरे।

लामिछानेको नाममा भनिएको ऋण फर्छ्यौट भइसकेको हुँदा उनीविरुद्द संसदमा बखेडा निकाल्दै नाराबाजी गर्नु जायज होइन भन्ने तर्क गर्दै प्रहरीले पनि उनीविरुद्द अनुसन्धान गर्नु नपर्ने ब्रिफिङ गरेको प्रधानमन्त्रीले बताएका हुन् ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्