भारतीय मोस्टवान्टेड दुई अपराधीलाई सर्लाही प्रहरीले गोली हानेर पक्रियो

मंगलबार, चैत ६, २०८०
Honor 600 pro

जनकपुरधाम । सर्लाही प्रहरीले नेपाल प्रहरीको मोस्टवान्टेड लिस्टमा रहेका दुई भारतीय नागरिकलाई गोली हानेर पक्राउ गरेको छ।

सर्लाही प्रहरीले भारतको बिहार राज्यस्थित सीतामढी का २८ वर्षीय सन्नी सिंह र मोतीहारीका २४ वर्षीय जितेन्द्र राउतलाई गोली हानेर पक्राउ गरेको मधेश प्रहरी कार्यालय जनकपुरले जानकारी दिएको छ।

सर्लाही प्रहरीलाई भारतीय प्रहरीले दिएको सूचनाका आधारमा पक्राउ गर्न टोलीलाई गएराति साढे ८ बजे  मोस्टवान्टेड लिस्टमा रहेका जितेन्द्रले गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको हो।

प्रहरीले चलाएको गोलीबाट घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट एउटा पेस्तोल र लोडेड म्याग्जिनसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरु डाँका तथा लुटपाट जस्ता घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्