बागलुङ निसीखोला बस दुर्घटनामा मृतकको संख्या ९ पुग्यो (नामावलीसहित)

मंगलबार, चैत ६, २०८०
Honor 600 pro

पोखरा । सोमबार साँझ काठमाडौंका लागि छुटेको  बागमती प्रदेशको ०१–००६–ख–३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका -६ जाउलेपानीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ९  पुगेको छ। 

सोमबार  साँझ बस सडकबाट १५० मिटर तल खस्दा    घटनास्थलमै  ७  मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका ३० जना मध्ये उपचारका थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनिहरु दुई जनाको स्वास्थ्य चौकी बुर्तिवाङमा उपचारका क्रममा मृत्यु भएको बाग्लुङ प्रहरीले जानकारी दिएको छ।

अहिले १ जना घाइतेको स्वास्थ्य चौकी बुर्तिवाङ र अन्य २७ जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुमपश्चिम मुसिकोट-१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट-२ बस मालिक बबिदेल नेपाली, रुकुमपश्चिम मुसिकोट-४ सोलाबाङका ३५  वर्षीय टीका केसी, मुसिकोट-३ की कल्पना केसी, रोल्पाका बस चालक सुवास गौतम भनिने मानसिंह बिक,गोरखाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्नेका २५ वर्षीय विक्रम परियार रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्