नेपालगन्ज र साईगाउँबाट लाखौंको अवैध सामाग्री बरामद

सोमबार, चैत ५, २०८०
Honor 600 pro

बाँके । जिल्ला प्रहरी बाँकेले भन्सार छली गरेर ल्याइएको लाखौं रुपैयाँ बढीको अवैध सामाग्री बरामद गरेको छ।

जिल्ला प्रहरी बाँके र प्रहरी चौकी साईगाउँको टोलीले आज भारतबाट अवैध रुपमा ल्याइएको ३ लाख १७ हजार रुपैयाँ बराबरको सामाग्री बरामद गरेको जनाएको छ।

बाँके प्रहरीका अनुसार नेपालगन्ज-१३ बाट बरामद गरिएका सामाग्रीमा प्लाष्टिकका सामान, डोरी, प्याज लगायतका तस्करीमा प्रयोग भएको मोटरसाईकल रहेका छन् । त्यस्तै साई गाउँबाट प्रहरीले पुजा सामाग्री लगायतका सामाग्री बरामद गरेको जानकारी दिएकोन्छ। 

बरामद गरिएका सबै अवैध सामाग्रीलाई आजै आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्