किन भए धनगढीका स्वास्थ्यकर्मी आन्दोलित ?

सोमबार, साउन १, २०८०
honor mob  winter sales

कैलाली । समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई धनगढी उपमहानगरले हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

Honor x7 pad

उपमहानगरपालिकाबाट अन्याय भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । उनीहरूले आजदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्।

उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएपछि स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई यसअघि ध्यानाकर्षण पत्र पनि बुझाएका थिए। 

उपमहानगरले आफूहरूलाई आजदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि सो पत्र बुझाएको उनीहरूको भनाइ छ। शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका हुन्।

स्वास्थ्यकर्मीहरुले आफ्ना समस्या पूरा नभएमा झनै कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्