दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

सोमबार, चैत ५, २०८०
Honor 600 pro

रुपन्देही । रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

काठमाडौंबाट पक्राउ भएका पुनलाई गत शुक्रवारदेखि लागू हुने गरि ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो।सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएपछि दीपेशको पनि संलग्नता रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

पूर्व कोषाध्यक्षसमेत रहेका दीपेशको संलग्नतामा रकम हिनामिना भएको अनुसन्धानबाट खुलेपछि रुपन्देही प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्