भारतबाट ल्याइएको झण्डै ६ लाखको कुखुरासहित अटोरिक्सा बरामद

शनिबार, चैत ३, २०८०
Honor 600 pro

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा ल्याइएको कुखुरा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा आज बिहान जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगन्जको वडा नम्बर १८ स्थित भुजईगाउँ ,वडा नम्बर २० को  राझाँ र डुडुवा-६ हिरमिनियाबाट अवैध रुपैयाँ ल्याइएको ५ लाख ९० हजार रुपैयाँ बराबरको कुखुराको बच्चासहित तस्करीमा प्रयोग गरिएको अटोरिक्सा बरामद गरेको बाँके प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएको कुखुरा र तस्करीमा प्रयोग गरिएको अटोरिक्साको मूल्य गरि १२ लाख ४० हजार रुपैयाँ रहेको छ।

प्रहरीले बरामद गरेको कुखुरा , अटो र तस्करीमा संलग्न भएका एक जनालाई आबश्यक कारबाहीका लागि क्वारेन्टाइन कार्यालय पठाएको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्