नाबालिग बलात्कार प्रकरणमा एलओडीका अर्का सञ्चालक रुदिलबल्लव पक्राउ

शुक्रबार, असार २२, २०८०
honor mob  winter sales

काठमाडौं । नाबालिग बलात्कार घटनामा  ललितपुर अदालतबाट पक्राउ पुर्जी जारी गरिएका ठमेलस्थित एलओडीका अर्का सञ्चालक रुदिलबल्लव सिंह पनि पक्राउ  पक्राउ परेका छन् ।

Honor x7 pad

ललितपुर प्रहरीले आज बिहान साढे ९ बजे    रुदिलबल्लवलाई कुपोन्डोलबाट  पक्राउ गरेको ललितपुर प्रहरीका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।

गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो । त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए । उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए । 

एलओडी क्लबमा नाबालिग  प्रवेश गराएको आरोपमा  सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहदा बिहीवार बालुवाटारबाट राजुसिंह  पक्राउ परेका थिए।

प्रहरी स्रोतका अनुसार नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए। 

प्रहरीले ती नाबालिग क्लबमा प्रवेश गरेको रातीको सिसिटिभी फुटेज पनि निकालेर हेर्दा पीडित र अर्की किशोरीको परिचयपत्र नहेरी क्लबमा प्रवेश गराएको देखिएको छ। नियमानुसार क्लवमा प्रवेश गराउदा अनिवार्य परिचयपत्र हेर्नुपर्छ तर त्यहाँ गम्भीर गल्ती हुँदा एक नाबालिग बलात्कृत हुन पुगेको हुँदा कल्बका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्