सिआईबीका एसपी थापासहित दुई डीएसपीलाई पनि कारबाही गर्न सिफारिस

शुक्रबार, चैत २, २०८०
Honor 600 pro

काठमाडौँ । सुन तस्करी प्रकरणको छानबिनमा  लापरबाही गरेको भेटिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक जना एसपीसहित दुई डीएसपीलाई पनि कारबाहीका सिफारिस गरिएको छ।

मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरिसकेको सुन तस्करीसम्बन्धी गठिट जाँचबुझ आयोगले उनीहरुलाई पनि कारबाही गर्न सिफारिस गरेको हो ।

सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस गरिएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्