सिआईबी प्रमुख बज्राचार्यलाई विभागीय कारबाहीका लागि सिफारिस

शुक्रबार, चैत २, २०८०
Honor 600 pro

काठमाडौँ । सुन तस्करी प्रकरणको छानबिनमा  लापरबाही गरेको भेटिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई कारबाहीको सिफारिस गरिएको छ।

सुन तस्करीसम्बन्धी गठिट जाँचबुझ आयोगले एआईजी बज्राचार्यलाई सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गर्दै विभागीय कारबाहीका लागि सिफारिस गरेको हो। 

अनुसन्धानका क्रममा सिआईबीले प्रहरीकै पूर्वउच्च अधिकारी र  राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिको ठहरबाट एआईजी बज्राचार्यलाई विभागीय कारबाही गर्न लागिएको हो।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्