मर्निङ वाकमा निस्किएका एक युवक तुलसीपुरको व्यस्त चोकमै लुटिए

बिहीबार, चैत १, २०८०
honor mob  winter sales

तुलसीपुर ।  तुलसीपुरमा मर्निङ वाकमा निस्किएका एक युवक लुटिएका छन् । आज बिहान पौने ५ बजे तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका तुलसीपुर-१४ गोठुवा स्थायी घर भई हाल तुलसीपुर-६ डुम्रिगाँउ बसोबास गर्दै आएका निशान्त बस्नेत लुटिएका हुन् ।

Honor x7 pad

मर्निङ वाकमा आफ्ना साथीसंगै निस्किएका निशान्त तुलसीपुरको अति व्यस्त मानिने बाहिनी चोकमा लुटिएको उनले जानकारी दिएका छन् ।

मर्निङ वाकका क्रममा बाहिनी चोक पुगेका बेला दुई जना युवक आएर समस्या पर्यो फोन गर्नु छ एकैछिन फोन दिनुहोस् भनेपछि निशान्तले आफ्नो मोबाइल दिएका थिए। तर मोबाइल दिए लगत्तै ती दुई युवक मध्ये एकले चक्कु देखाएर फरार भएको निशान्तले बताए।

आफू लुटिँदा नजिकै रहेकी केही व्यक्तिहरुसँग गुहार माग्दा उनीहरुले कुनै सहयोग नगरेको निशान्तले भने। व्यस्त चोकमा आफू लूटिएपछि तत्काल नै इलाका प्रहरी कार्यालय तुलसीपुर पुगेका निशान्तलाई प्रहरीले १० बजेपछि मात्रै आउनुहोला भन्दै गैर जिम्मेवारपुर्ण व्यबहार गरेको उनले जानकारी दिएका छन् ।

यसरी मर्निङ वाकमै स्थानीय लुटिन थालेपछि तुलसीपुरको प्रहरीमाथि नै प्रश्न चिन्ह खडा भएको छ।अझ  प्रहरीमा पुगेका निशान्तको सबै कुरा नसुनेर १० बजेपछि आउनुहोला भन्ने प्रहरीको गैरजिम्मेवार गतिविधिले स्थानीयले प्रहरीसँग सहयोगको के अपेक्षा राख्ने?

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्