जाँचबुझ आयोगले बुझायो सुन तस्करी नियन्त्रणसम्बन्धी प्रतिवेदन

बिहीबार, चैत १, २०८०
honor mob  winter sales

काठमाडौँ । सरकारलाई सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले  प्रतिवेदन बुझाएको छ । 

Honor x7 pad

आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । 

“दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिनेछ”, उनले भने । जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याइने बताए। 

सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्