अनुसन्धानको घेरामा रहेका गृहमन्त्रीविरुद्द खनियो कांग्रेस

बिहीबार, चैत १, २०८०
honor mob  winter sales

काठमाडौँ । केही दिनअघि गृह मन्त्रालय सम्हालेका रवि लामिछानेविरुद्द नेपाली कांग्रेस खनिएको छ।

Honor x7 pad

सहकारी ठगी प्रकरणको अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले  गम्भीर नैतिक प्रश्न खडा भएको नेपाली कांग्रेस सांसद एवं पार्टीका सहमहामन्त्री बद्री पाण्डेले बताएका छन् । 

आजको प्रतिनिधी सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पाण्डेले पछिल्लो पटक प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा रहेका सदस्यलाई सुम्पेपछि प्रधानमन्त्रीप्रतिको झिनो आशा धुजा धुजा भएको बताए ।

उनले भने- "सहकारी प्रकरणको अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै आफैं अनुसन्धानको दायरामा हुने एकातिर र  अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ।"

आफै मुछिएका गृहमन्त्रीले अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ पाण्डेले भने।

नयाँ गठबन्धन सरकारले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीलाई शिखण्डी बनाएर अर्बौँ ठगी गर्नेहरूलाई उम्काउने प्रयास त भइरहेको छैन भन्दै पाण्डेले प्रश्नसमेत  गरेका छन्  । सांसद पाण्डेले सरकारले कांग्रेसले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिए कांग्रेस कठोर रूपमा प्रस्तुत हुन बाध्य हुने समेत चेतावनी दिएका छन् ।

यतिबेला देशभरका सहकारी पीडितहरु आन्दोलनमा उत्रिएको बताउँदै सांसद पाण्डेले भने गृहमन्त्रीलाई सोधे -"सहकारी पीडितको माग आफै त्यस प्रकरणमा मुछिनु भएको अवस्थामा कसरी कारबाही गर्नुहुन्छ?"

 

.

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्