नेपालगन्जमा प्रभातफेरी गर्दै मनाइँयो विश्व मृगौला दिवस

बिहीबार, चैत १, २०८०
honor mob  winter sales

बाँके नेपालगन्जमा आज विश्व मृगौला दिवस धुमधामका साथ मनाइएको छ। उपमहानगरको आयोजनामा विश्व समुदायमा नसर्ने रोगको जोखिम बढिरहेको बेला सचेतनाका लागि विश्व मृगौला दिवस मनाइएको नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिएका छन् ।

Honor x7 pad

दिवसका अवसरमा नेपालगन्जका मेयर प्रशान्त बिष्टको अगुवाईमा आज बिहानै नेपालगन्ज उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर समापन भएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बिष्ट , भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवन रायमाझी, बाँकेका एसपी सुभाष चन्द्र बोहरा, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, भेरी अस्पतालका नेफ्रोलोजिष्ट डा. सौरभ हमाल लगायतले मिर्गौला रोगको जोखिम कम गर्न आफै सचेत हुनुपर्ने बताएका थिए।

विश्व मृगौला दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालगन्ज नर्सिङ क्याम्पस , कैलपाल अस्पताल एन्ड कलेज, कलेज अफ अलाइड , नेपालगन्ज हेल्थ क्याम्पसबाट उल्लेखनीय रुपमा सहभागिता जनाइएको थियो।

नेपालगन्ज उपमहानगरको आयोजनामा गरिएको कार्यक्रममा नेपालगन्जको गणेशमान चोकस्थित लक्ष्मीसरस्वती पोलिक्लिनिक्स एन्ड डायग्नोसिस सेन्टरले प्रभातफेरीमा वाजा, टिसर्टका साथै चियापानकाे सौजन्री गरेको थियो।

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्