त्रिभुवन विमानस्थलमा जरा गाडेर बसेका ५४ जना प्रहरीको सरुवा, अझै ५० बढीको सरुवाको तयारी

बिहीबार, चैत १, २०८०
honor mob  winter sales

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि जरा गाडेर बसेका ५४ जना प्रहरीलाई एकसाथ सरुवा गरेको छ। त्रिभुवन विमानस्थलमै ५ देखि १६ वर्षसम्म बसेका प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालय काठमाडौंले अन्यत्रै सरुवा गरेको हो।

Honor x7 pad

उपत्यका प्रहरी कार्यालयका अनुसार लामो समय  विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको हो। उनीहरुको ठाउँमा नयाँ टिम परिचालन गरिएको बताइएको छ।

सरुवा भएकाहरुमा वरिष्ठ सईदेखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन् । "विमानस्थलमा लामो समयदेखि खटिएका तल्लो तहका प्रहरी अधिकृतहरु अवैध काममा सक्रिय भएको आरोप लाग्ने गर्छ", उपत्यका प्रहरीका एक उच्च अधिकृतले बताए।

उनका अनुसार लामो समयदेखि एकैठाउँमा बस्नेभन्दा नयाँ टोली जाँदा काममा पनि प्रभावकारिता बढ्ने भएकाले यो निर्णय गरिएको बताए ।

त्यस्तै  विमानस्थलको स्क्रिनिङमा लामो समयदेखि खटिएका ५० भन्दा बढि प्रहरीको पनि सरुवा गर्ने तयारी भइरहेको छ । त्रिभुवन विमानस्थल प्रशासनसँग समन्वय गरेर नयाँ टोलीलाई स्क्रिनिङ तालिम गराउन थालिएको उपत्यका प्रहरीले जानकारी दिएको छ। ।

अब विमानस्थलमा सरुवा हुनेमा कम्तीमा एसएलसी पास गरेका प्रहरीलाई पठाउने तयारी समेत भइरहेको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्