मिटरब्याज सम्बन्धि कानुन पारित हुँदा जनकपुरमा खुशीको प्रदर्शन

सोमबार, साउन १, २०८०
honor mob  winter sales

जनकपुर। मिटरब्याजलाई कानुन विपरीत मान्ने  विधेयक प्रतिनिधि सभा बैठकबाट पारित भएपछि जनकपुरमा खुशीयाली मनाइएको छ।

Honor x7 pad

जनकपुरमा मिटरब्याज पीडित संघर्ष समितले आज खुशीका   र्‍याली निकाल्दै सरकारले बनाएको कानुन कार्यान्वयन गर्न माग पनि गरेका छन् ।

मिटरब्याज पीडितहरु अझै न्यायको पर्खाइमा रहेको र  मिटरब्याजीहरुले आम गरिब जनतालाई अन्याय गरिरहेकाले भन्दै उनीहरुलाई कारबाही गर्न माग गरेका थिए।

 मिटरब्याजलाई अनुचित लेनदेन मान्दै आइतबारको प्रतिनिधि सभाले कारबाही गर्ने व्यवस्था गरेको हो।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्