Dashain Banner
Dashain Banner

हङकङ टी-२० सिरिज फाइनल: आज नेपाल र पिएनजी भिड्दै

बुधबार, फागुन ३०, २०८०

काठमाडौं ।  हङकङमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिजको उपाधिका लागि  आज नेपाल र पपुवा न्यूगिनी ( पिएनजी )  भिड्दै छन् । फाइनल खेल आज बिहान पौने १२ बजे मंङ कोङमा हुँदैछ।

नेपाल एक बराबरी र एक खेल खेल जितेर फाइनलमा प्रवेश गरेको हो भने पिएनजी  एक हार र एक जीतसहित फाइनल पुगेको हो।

यसअघि  नेपालले पिएनजीलाई ८५ रनले पराजित  र हङकङसँग बराबरी खेलेको हो।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्